त्रिपुरासुन्दरीमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी ३ दिने धूप बनाउने तालिम सम्पन्न

धादिङ, फाल्गुन ४ । अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित तीन दिने “बाटेको धूप बनाउने तालिम” सफलतापूर्वक सम्पन्न भएको छ। अपाङ्गता पुनर्स्थापना समाज, धादिङको आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा सम्पन्न भएको यो तालिम फाल्गुन २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता महिला बालबालिका, अपाङ्ग तथा जेष्ठ नागरिक शाखाको संयोजक एबं गाउँपालिका उपाध्यक्ष देबराज धरेलले गर्नु भएको थियो भने प्रमुख अतिथि त्रिपूरा सुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले गर्नु भएको थियो त्यस्तै शाखा प्रमुख बिना सिटौला, संचालन संस्थाका अध्यक्ष अस्बिन लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष लम्सालका अनुसार यो तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बन्ने अवसर जुटाउन मद्दत गर्नेछ।

समापन समारोहमा त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देबराज धरेलले पदाधिकारीहरूले तालिमको प्रभावकारिता उल्लेख गर्दै सहभागीहरूलाई निरन्तर अभ्यास गरेर स्वरोजगार बन्न प्रेरित गरे। साथै, भविष्यमा पनि यस्ता सीप विकास तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

तालिममा सहभागीहरू उत्साहित देखिएका थिए। उनीहरूले सिकेको सीपलाई प्रयोग गरेर व्यवसायिक रूपमा अगाडि बढ्ने इच्छा व्यक्त गरेका छन्।