रुवीभ्यालीमा ऊनको सामान बुन्ने १५ दिनको एडभान्स तालिम सुरु

सेर्तुङ । रुवी भ्याली गाउँपालिकाको आयोजनामा हस्तकला प्रोत्साहन कार्यक्रमलाई निरन्तरता गरिएको छ । जस् अनुसार उनको ऊनको सामान बुन्ने १५ दिनको एडभान्स तालिमको सुरु भएको हो ।

हस्तकला प्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रामसिंह तामाङले हस्तकला क्षेत्रले स्थानीय कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु उत्पादन गर्ने भएकाले यो व्यवसायमा संलग्न उद्यमीलाई स्थानीय सरकारले प्रोत्साहन गर्दै आएको बताए ।
हस्तकला क्षेत्रको परम्परागत सीप र प्रविधि हस्तान्तरणका लागि आवश्यक पर्ने कार्यक्रम, तालिमहरू सञ्चालनार्थ एडभान्स सिप विकास तालिम गरिएको उनले बताए ।
त्यस्तै उपाध्यक्ष फेलामा तामाङले हस्तकला सामग्रीले स्वदेशी मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गरिरहेको हुनाले पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूबीच उचित समन्वय र सहयोगको वातावरण तयार गर्न जरुरी रहेको धारणा व्यक्त गरे ।
गाउँपालिकाले गत आर्थिक वर्षमा साधारणमुलुक सिप तालिम सुरुवात गर्दै अहिले त्यसै कार्यक्रमलाई निरन्तरता दिदै उनको हस्तकला सामाग्री उत्पादन गर्ने एडभान्स तालिम सुचारु गरिएको हो ।