यस वर्षको ओस्कर अवार्ड ‘दी जोनअफ इन्ट्रेस्ट’लाई प्रदान

काठमाडौं। विश्वप्रशिद्ध चलचित्र पुरस्कार ओस्कर अवार्ड यस वर्ष ‘दी जोन अफ इनट्रेस्ट’ले जितेको छ। बेलायती निर्दैशक जोनाथन ग्लेजरले निर्देशन गरेको यो चलचित्र विभिन्न तीन विधामा मनोनयनमा परेको थियो।

सन् २०२३ मा रिलिज भई मनोनयनमा परेका चलचित्रहरु पुरस्कृत हुँदैछन्। चलचित्रका विभिन्न २३ विधामा पुरस्कार दिइँदैछ। समारोह ९६औं एकेडेमी अवार्डका रुपमा अमेरिकाको लसएन्जल्समा आयोजना गरिएको छ।

उत्कृष्ट सहअभिनेताको उपाधि ‘ओपन हाइमर’का रोबर्ट डाउनी जुनियरले जितेका छन्। त्यस्तै उत्कृष्ट सहअभिनेतृ विधामा ‘दी होल्डओभर’की दाभिन जोय र्‍यानडलफ छानिएकी छिन्।

यसैगरी उत्कृष्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘दी बोइ एन्ड द हेरन’ले जितेको छ। कस्ट्युम डिजाइन, मेकअप तथा हेयरस्टाइल र प्रोडक्सन डिजाइन तीनै विधाको पुरस्कार ‘पुअर थिङ्स’ले हात पारेको छ।

मनोनयनको एनिमेटेड सर्ट फिल्मतर्फको पुरस्कार ‘वार इज ओभर’ले जितेको छ। पटकथा लेखनतर्फ अमेरिकी फिक्सनले जितेको छ भने कथा लेखनमा ‘एनाटोमी अफ अ फल’ उत्कृष्ट घोषित भएको छ।

अन्य विधातर्फको नतिजा घोषणा हुने क्रम जारी छ । ओस्कर अवार्डलाई चलचित्र क्षेत्रको सर्वोच्च उपाधीका रुपमा लिइँदै आएको छ। सन् १९२७ देखि सुरु भएको अवार्ड श्रृंखलाले ९६ वर्ष पार गरिसकेको छ।