खनियाबास ५ मा सोनाम ल्होछार विशेष कार्यक्रम हुदै: चर्चित गायक छेवाङ लामाको विशेष प्रस्तुति रहने

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा न. ५ को सत्य देबि माबिको खेल मैदानमा मन्जु संवत् २८६० औ सोनाम ल्होछार विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । खनियाबास गाउँपालिकाको आर्थिक सहयोग र सत्यदेबी परिवारको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम सहितको सोनाम ल्होछार कार्यक्रम हुन लागिएको हो ।

कार्यक्रममा चर्चित गायक छेवाङ लामा सहित मेन्दोमाया गायकहरु युवि मङ्ग्रेसा, रमला पाख्रीन, सुर्य वाइवा, प्रेमा तामाङ र र्यापर संजय तामाङ लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने छ ।

त्यस्तै कार्यक्रमको प्रमुख आतिथ्य पुर्व न्याय तथा कानुन राज्य मन्त्री एबं नेपाली कांग्रेस केन्द्रिय सदस्य दिलमान पाख्रीन, विशिष्ट अतिथि पुर्व संस्कृति तथा पर्यटन राज्य मन्त्री पर्शुराम तामाङ, खनियाबास गाउँपालिका उपाध्यक्ष रण बहादुर तामाङ, विशेष अतिथिमा खनियाबास उपाध्यक्ष सेक्केमान तामाङ , जिल्ला समन्वय सदस्य रबिन्द्र जंग तामाङ र सोही वडा का अध्यक्ष रविन तामाङको आतिथ्य रहनेछ ।