लापा खादिङ जाने सडकमा अबरोध बनेको २ कडा चट्टानहरु ब्लास्तिक गरि फुटाइयो

धादिङ । रुबीभ्याली ५ र ६ सम्म सडक पुग्न अबरोधको रुपमा बनेको मुख्य २ स्थानमा रहेको कडा चट्टानहरु मध्य अन्तिम “आखु यक्याम चो” को भीरमा रहेको चट्टान ब्लास्तिक मार्फत फुटाउने कार्य आज (शुक्रबार ) सम्पन्न भएको रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिह तामाङ बताउनु भयो ।

बिगत लामो समय देखि सडक बिस्तारको निम्ति अवरोध बनेको र करोडौं बजेट बिनियोजन गरि डोजर मार्फत फुटाउने प्रयास गर्दा पनि असफल भएकोमा अघिल्लो बर्ष गाउँपालिकाको सबै टिमले निकै मिहिनेत गरि नेपाली सेना, नेपाल सरकार लगायत महत्त्वपूर्ण स्थानहरु संग समन्वय गरि ब्लास्तिङ कार्यको थालनी गरिएको थियो । त्यस्तै यो चट्टान फुटाउने कार्य सम्पन्न भए सगै यसै आर्थिक बर्ष भित्र लापा गाउँमा सडक पुग्ने बिश्वास गरिएको छ ।