जाने हैन त अ‍ामायाङ्ग्री: सिन्धुपाल्चाेककाे हेलम्बुमा पर्ने सुन्दर पर्यटकीय स्थल

विपिन प्रसाद गुरागाँई ,तारकेश्वर -६ । काठमाण्डाैबाट सबभन्दा नजिक पर्ने अ‍मायाङ्ग्री एउटा उत्कृष्ट गन्तव्य हाे पदयात्राकाे अनुभव लिने हरुकाे लागि । ३७७१ मिटर उचाईमा पर्ने अ‍ामायाङ्ग्रीबाट अ‍ामायाङ्ग्री हिमाल ,लाङ्टाङ्ग ,अन्नपूर्ण ,सगरमाथा लगायतका हिमशृंखलाहरु देख्न सकिन्छ । हिउँ परेकाे बेला अझ सुन्दर देखिन्छ अमायाङ्ग्री ।जङ्गलकाे यात्रा सिन्धुपाल्चाेककाे हेलम्बुमा पर्ने अमायाङ्ग्री अहिले धेरैकाे राेजाईमा पर्न थालेकाे छ । धेरैले अमायाङ्ग्रीलाई पुन हिल संग तुलना गर्ने गर्दछन् । काठमाण्डाैंबाट ९० कि.मि. काे यात्रा पछि पुगिने तार्केघ्याङ्गबाट २,३ घण्टाकाे पैदल यात्रा पछि अमायाङ्रग्री बेस क्याम्प पुग्न सकिन्छ जहाँबाट सुन्दर हिमालकाे दृश्यावलाेकन गर्न सकिन्छ । धेरै अघिदेखिकाे सपना थियाे समयले पछि सरीरहेकाे थियाे हाम्राे अमायाङ्ग्री यात्रा तर अहिले जुर्याे । पुष महिनाकाे ७ गते हामी पानीपाेखरीबाट यात्रामा निक्लियाै अमायाङ्ग्री । म विपिन प्रसाद गुरागाँई ,सबिता अधिकारी , सबिन गुरागाँई , बिकिता गुरागाँई ,सूचना गिरी ,सुबिस्ता गिरी , निराेज पन्त सहित हामी ७ जनाकाे टाेली स्करपियाेमा निक्लियाै पानीपाखरीबाट । धेरैकाे पहिलाे पदयात्रा पनि थियाे अमायाङ्ग्रीकाे यात्रा नयाँ अनुभव लिनकाे लागि ।बिहान चिया नास्ता गरेर ८:३० मा हिडेकाे हामी १ घण्टामा जाेरपाटी हुँदै जरसिङ्गपाैवा पुगियाे ।एकछिन हिमालकाे दृश्यावलाेकन गर्दै यात्रा अघि बढ्याे । लगभग १०:४५ मा मेलम्ची बजार पुगियाे ।खाना खाएर मेलम्चीकाे भयावह स्थिति ,खाेलामा रमाईलाे गर्दै फेरि यात्रा अघि बढ्याे । मेलम्ची कटेपछि कच्ची सडककाे यात्रा केही कष्टकर भएपनि रमाईलाे गर्दै ४:१५ मा लगभग ३:३० घण्टामा हेलम्बुकाे तार्केघ्याङ्ग अ‍ाईपुग्याै । चिया,थुक्पा खाई अ‍ागाे ताप्दै समय बिताईयाे चिसाे चिसाे पुषकाे माैसम सेताम्ये तुषाराे बिहानै उठेर पैदलयात्रा शुरु गरियाे । लगभग साढे दुई घण्टामा बेसक्याम्प चाेर्मुथाङ्ग पुग्याै । चिया नास्ता गरेर फेरि उकालाे लाग्याै । जङ्गलकाे यात्रा गुराँसे जङ्गल बिस्तारै उक्लिन थाल्याै । लगभग दुईघण्टामा माथि अमायाङ्ग्री पुग्याै । खुलेकाे अ‍ाकाश घाम लागेकाे वरिपरि अमायाङ्ग्री हिमाल, लाङ्टाङ् ,अन्नपूर्ण, सगरमाथा लगायतका हिमशृंखला सुन्दर दृश्य देख्दा कसकाे मन नलाेभिएला । अ‍ाकर्षक गुम्बा पनि रहेकाे छ अमायाङ्ग्रीमा । केही बेर दृश्यावलाेकन गर्दै हुस्सु लाग्न शुरु गर्याे हामी पनि तल झर्न लाग्याै ।१ घण्टामा चाेर्मुथाङ् ,त्यसपछि गाडी चढेर अ‍ाधा घण्टामा तार्केघ्याङ्ग अनि मेलम्ची हुँदै काठमाण्डाै फर्कियाै।