लाप्चेत गाउँ तमु ल्होसार कार्यक्रम: वडा अध्यक्ष समीर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुने

धादिङ । रुबीभ्याली ६ गुरुङ गाउँमा तमु ल्होसार विशेष कार्यक्रमको शुक्रबार उद्घाटन सप्पन्न भएको छ । गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाइने यो पर्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु घाटु नाच, लामा नाच, दोहोरी प्रतियोगिता लगायत भलिबल प्रतियोगिता सहित बृहत सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुनेछ । आज देखि सुरु भएको उक्त कार्यक्रमको समापन सोही वडाका अध्यक्ष समीर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने छ ।

“शास्त्र हराए संस्कार हराउन्छ, संस्कार हराए संस्कृति हराउन्छ, संस्कृति हराए मानव हराउन्छ अथवा मानव अस्तित्व हराउन्छ ।” भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा रुबीभ्याली ४ र ६ का ५ गाउँहरु खादिङ, लप्चेत, रिचेत, तिर र चालीस गाउँहरु मुख्य गरि गुरुङ समुदायका मानिसहरु र अन्य छिमेकी गाउँका तामाङ बि.क. समुदायको मानिसहरूको सहभागीतामा हुने गर्दछ ।

रुबीभ्याली ६ को मुख्य आर्थिक सहयोग र जनचेतना महिला समुहको आयोजनामा लप्चेत गाउँमा उक्त तमु ल्होसार विशेष कार्यक्रम भै रहेकोे छ ।