आज ज्येष्ठ नागरिकसम्बन्धी विषय पढाउन देशभरका विद्यालयहरूमा निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । 
मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियड ज्येष्ठ नागरिक सम्बन्धी पढाउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो। सोही आधारमा शिक्षा मन्त्रालयले सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आदेश जारी गरेको हो।