न्यु भिजन युथ क्लब द्वारा आयोजित खुल्ला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भब्यताका सम्पन्न

बिकल लामा

रसुवा।अवसरमा खुल्ला फुटबल प्रतियोगिता तथा बृहत सस्कृतिक कार्यक्रम २०८० किस्पाङ गाउँपालिका १ वडा भाल्चे नुवाकोटमा भब्य र सभ्यताका साथ  सम्पन्न भएको छ ।कार्यक्रममा  न्यु भिजन युथ क्लबका अध्यक्षका उत्तम तामाङको सभापतित्व तथा किस्पाङ गाउँपालिका उपाध्यक्ष तथा कर्यहबक अध्यक्ष अर्जुन न्यौपानेको प्रमुख आतिथ्यमा भएको हो। त्यसैगरी विशेष अतिथिहरुमा किस्पाङ गाउँपालिका १ वडा अध्यक्ष पशुपति घले , निवर्तमान वडा अध्यक्ष आइत घले, म्हेन्दोमाया कलाकार संघ नेपालका संस्थापक अध्यक्ष तथा म्हेन्दोमाया किङ सगर एस वाइबा, म्हेन्दोमाया कलाकार संघ धादिङका जिल्ला अध्यक्ष बिकल लामा, राजनितिक प्रमुख ज्युहरु, शिशिर थोकार,फुर्बा लामा जनप्रतिनिधिहरु लगाएत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा न्यु भिजन युथ क्लब उपाध्यक्ष सुजन वाइबा तामाङले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण बिकल तामाङले गरेका थिए।कार्यक्रममा उपस्थित ब्यक्तिहरुले मन्तब्य राख्दै न्यु भिजन युथ क्लबले खेल,मौलिक सांस्कृतिकलाई उत्थान संरक्षण सम्बर्द्धनलाई प्रमुखतामा राख्दै कार्यक्रमको आयोजना गरेको बताए। उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनहरुमा  पनि निरन्तर सहयोगको अपेक्षा गरेका थिए।कार्यक्रम खुल्ला फुटबल प्रतियोगितामा १८ टिमको सहभागी थिए प्रथम नुच्यात दोस्रो बिगि युथ क्लब तृतीय पान्चा लिङ युथ क्लब सहभागी टिमलाई प्रथमलाई नगत रु ५५,५५५ दोस्रो ३३,३३३ तेस्रो ९,९९९ साथै सिल मेडल कपद्वारा सम्मान प्रमुख अतिथि विशेष अतिथिबाट प्रदान गरिएका थिए ।

     उपस्थिति अतिथि कलाकारहरुलाइ सम्मान पत्र मायाको चिनो प्रदान गरिएको  थियो । कार्यक्रममा म्हेन्दोमाया किङ सगर एस वाइबा लगएत चर्चित कलाकारहरु देखि स्थानिय कलाकारहरुका प्रस्तुतिले उपस्थित सम्पुर्णमा छुट्टै रौनक थपिएको थिए साथै गायक तथा हस्याकलाकार बिकल लामा, शिशिर थोकार,फुर्बा लामा लगएतद्वारा मिठो प्रस्तुति रहेको थियोे ।कार्यक्रम संयोजक बिजय घलेले उधरनिया सिडि निर्माण गरे संगै मेला रेपाको मुर्ति निर्माण गर्ने हेतुले र दुम्पाङ फुटबल ग्रन्ट बनाई नमुना किस्पाङको रुपमा निर्माण गर्ने बताउदै आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।किस्पाङ गाउँपालिका उपाध्यक्ष तथा कर्यहबक अध्यक्ष अर्जुन न्यौपाने जातिय पहिचान सहित पालिका स्तरीय कार्यक्रम आगामी दिनहरुमा झन बिशेष गरि मनाईने छ किस्पाङ गाउँपालिका भित्रमा धार्मिक पर्यटकीय स्थलको संरक्षण,सम्वर्धन प्रवद्धर्न गर्ने पर्यटन बिकासका निर्माण गर्ने किस्पाङ गाउँपालिकालाई देश बिदेशमा प्रचार प्रसार  गर्ने उनले थपे।अन्त्यमा कार्यक्रमका सभापति उत्तम तामाङले कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको र सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here