राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको चियापान सम्पन्न

धादिङ असोज २८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बड़ा दशै र तिहार’को अवसर पारेर हिजो शनिवार धादिङमा चियापान कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रममा पुर्व मन्त्री ठाकुर प्रसाद शर्माको प्रमुख आतिथ्य, विशेष अतिथि पुर्व राज्यमन्त्री परशुराम तामाङ,पुर्व प्रदेश मन्त्री तथा प्रदेश सांसद डम्बर तामाङ,लागयत जिल्लाका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व मन्त्री शर्माले संक्षिप्त प्रतिक्रिया दिँदै दशै तिहारको शुभकामनामा आदानप्रदान संगै देशमा यति बेला राप्रपा बाहेक अरू पार्टीले देश बनाउन नसक्ने र अहिलेका पार्टीहरुको कारणले देश बर्बाद रहेको शर्माले बताए ।

कार्यक्रममा शर्मा लागयतका नेताहरुले नविन राप्रपा भन्ने मुल नाराका साथ,३० जनालाई राप्रपामा स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here