अन्धकार मै बित्ने भो दशै, तिहार रुबीभ्याली ५ लापाका करिब ६ सय घर परिवारको

धादिङ । रुबीभ्यालीमा अझै केन्द्रिय प्रसारण लाईन सबै तिर बिस्तार हुन नसक्दा त्यहाँका जनताहरुले निकै सास्ती भोग्नु परेको छ ।

अधिकाशं रुबीभ्यालीमा स्थानीय स्तर मै उत्पादन भै रहेकोे साना जलविद्युतले रातको समयमा मात्रै बिजुली प्रसारण भै रहेकोमा रुबीभ्याली ५ स्थित लापामा बिगत करिब २ महिना देखि उक्त लघु जलविद्युतमा समस्या आई बिजुली उत्पादन बन्द भएको छ ।

बन्द भएको बिजुली अझै केही महिना संचालनमा नआउने लघु जलविद्युतको कार्यसमितिले होराईजन खबरलाई जानकारी दिए । जस्को कारण उत्तरी धादिङ कै सबै भन्दा घना बस्ती भएको लापा गाउँका स्थानीयहरुको दशै तिहार अन्धकारमा बित्ने भएको छ ।

हाल रुबीभ्याली ४ स्थित बोराङको केही घरहरुमा मात्रै केन्द्रिय प्रसारण लाईन प्रयोगमा आए पनि पालिकाको अन्य क्षेत्रमा पुग्न नसक्दा स्थानीयले अत्यन्तै सास्ती भोग्नु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here