१ महिनामा ४५० रूपैयाँ बढयो ग्याँस सिलिन्डरको भाउ

युनिस तामाङ
धादिङ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखे पनि खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ।

निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढ़ाएर फेरी यथावत राखेका छन ।

अहिले सामग्रीहरुको भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ।

काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here