धादिङका युवा नेता ‘इमान तामाङ’युवाको ‘क्लस्टर’बाट पहिलो उम्मेदवारी

 
युनिस तामाङ
धादिङ। इमान तामाङले नेकपा एमाले बागमती प्रदेशको प्रथम महाधिवेशनमा जिल्ला भुगोल युवा ‘क्लस्टर’को सदस्य पदको उम्मेदवारी दिएका छन् ।
 
नेकपा एमालेको राष्ट्रीया युवा केन्द्रीय सचिवालय सदस्य,जिल्ला सदस्य,खनियाबास पार्टीको इंचार्ज,स्थानीय तहको निर्वाचनमा गाऊँपालिकाको उम्मेदारसहित रहेका तामाङले बागमती प्रदेशको प्रथम अधिवेशनमा भुगोल युवा क्लस्टरको जिल्ला सदस्यमा मनोनयन दर्ता गराएका छन।

४० वर्ष भंदा मुनिको उमेर समूहमा पर्ने युवा क्लस्टरमा महिला -पुरुष गरि एक/एक जनाको उम्मीदवारी हुनु पर्नेमा,धादिङबाट इमान तामाङ र एक जना महिला सहित २ जनाले उम्मेदारी दर्ता गराएका छन।
 
इमान तामाङ भंछन’

संकटको समयमा पार्टीलाई जोगाउन र संगठन धान्ने पंक्तिको समर्थन आफूलाई हुने बताएका छन् । आफू लगायतका भुगोलका युवा साथीहरुलाई क्रियाशील बनाई राख्न बागमती प्रदेश प्रथम अधिवेशनबाट युवा प्रतिनिधित्व गरेर युवा क्लस्टरको उम्मेदार दिएको तामाङ बताउँछन् ।युवा क्लस्टरको भोटिङ आज हुनगईरहेको हुदा बागमती प्रदेश भित्रका युवा पंक्तिहरुलाई साथ,सपोर्ट गर्न आग्रह गरेका छन।भुगोल युवा क्लस्टरको अधिवेशन आज साझा सम्म टूँगिने भएकोले आफुलाई समर्थन गर्न आग्रह गरेका हुन।

  • [ ] तामाङको नाम केवल एक ठाउमा मात्रै सिमित छैन । नेकपाकालमा पार्टीभित्र देखिएको अन्तरविरोध मिलाउन होस् वा एमाले ब्यूँतिसकेपछि ओली माधबको टसललाई नेता कार्यकर्ताको तहबाट दबाब दिने भूमिकामा होस् उनको चर्चामा आऊने गर्छन ।
     
    धादिङमा एमाले कार्यकर्ताले इमान तामाङलाई ‘पार्टी भित्रको ईमानदार युवा’ भनेर पनि चिन्ने गरिन्छ । पटक-पटकको पार्टी विभाजनमा ‘शतिसाल’ भई उभिँदै आएका इमान केपी ओली संस्थापक अध्यक्ष रहेको राष्ट्रीय युवा संघका केन्द्रीय सचिवालय सदस्य पनि हुन् ।
     
    उत्तरी धादिङको खनियाबास ग़ाऊपालिकामा गत स्थानीय तहको चुनावमा गाऊपालिका अध्यक्षको उम्मेदवार समेत हुन ।

इमान तामाङ

सम्पर्क न:९७५१११२८५०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here