नेत्रवती गा.पा वडा न:१ निमार्चोक आबि;का ८५ जना विद्यार्थीलाई निशुल्क पोषक वितरण


धादिङ।धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ मा अवस्थित निमार्चोक आधारभूत बिद्यालयका ८५ जना बिद्यार्थीहरुलाई निशुल्क बिद्यालय पोषाक बितरण गरीएको छ ।


ट्रयाक सुट र भेष्ट सहितको पोषाक आज बिहिबार एक कार्यक्रमकाबीच स्थानिय समाजसेवी, निरञ्जना मा.बिका पुर्वबिब्यस अध्यक्ष तथा दिब्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम कुमार अधिकारी र उहाँकी धर्मपत्नि लक्ष्मी अधिकारीको आर्थिक सहयोगमा बिद्यार्थिहरुलाइ नियमित बिद्यालय उपस्थित हुन प्रोत्साहन गर्ने उद्देश्यले पोसाक बितरण गरिएको हो ।
पोसाकका कारण बिद्यालय नियमित जान नमान्ने बिद्यार्थीहरु पोसाक पाएर खुसी भएका छन् ।

हिजो बिद्यालयमा नै पुगेर वडाध्यक्ष ठाकुर गुरुङ, बिब्यस अध्यक्ष,प्रद्यानाध्यापक युवराज पन्त लगायतको रोहबरमा समाजसेवी अधिकारी दाम्पत्यले बिद्यार्थीहरुलाई पोषाक वितरण गर्नुभएको हो । अधिकारी दाम्पत्यले लामो समयदेखि शैक्षिक क्षेत्रमा योगदान पु¥याउदै आउनुभएको छ ।

उहाँहरुले आफनो स्वर्गिय मातापिताको नाममा चन्द्र बहादुर बुनादेवी अक्षयकोष स्थापना गरी बिभिन्न बिद्यालयका विपन्न र जेहेनदार बिद्यार्थीहरुलाई निःशुल्क बिद्यालय पोषाक वितरण लगायत आर्थिक सहयोग समेत गर्दै आउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here