उत्तरी धादिङको किंताङ फेदी पुल बन्ने पक्का

धादिङ।खनियाबास गाऊँपालिकाको रोहोबरमा उत्तरी धादिङको किंताङ फेदीमा बेलिब्रिज पुल बन्ने भएको छ ।संघीय सरकार र गाउँ पालिकाको समन्वयमा उक्त पुल निर्माण हुन लागिएको हो ।

उत्तरी धादिङको मुख्य समस्या भनेको किंताङ फेदी पुल हो,यहाँ पुल नभएकै कारण रूबीभ्याली,खनियाबास,गंगाजमुना,नेत्रावतीका जनताहरु बर्षातको समयमा पैदल हिडनु पर्ने बाध्यता छ ।जनताको समस्यालाई मध्यंजर गर्दै ,यही वर्ष बेलीब्रिज हाल्ने तयारी गरिरहेको अध्यक्ष रण बहादुर तामाङले बताए ।

खनियाबास गाऊँपालिकाका अध्यक्ष रण बहादुर तामाङको भनाइ अनुसार उत्तरी धादिङको नेत्रावती,खनियाबास,गंगाजमुना,रूबीभ्याली गरि -४ गाउँपालिकाहरुमा असार,साउन,भदौ,असोज,कार्तिक गरी ५ महिना पुल नभएकै कारण जनताले दुःख पाएको भन्दै उनकै रोहोवरमा भौतिक पूर्वाधर तथा यातायात मन्त्रालय काठमाँड़ौ र नेपाली सेनाको मुख्यालय (जंगी अड्डा काठमाँड़ौ भद्रकाली )मा निवेदन पेश गरेको उनले बताए ।

निवेदन पश्चात खनियाबास गा.पा अध्यक्ष तामाङले नेपाली सेना र प्राविधिक टोली लिएर रसुवाको बेलिब्रिज अनुगमन गर्न गएको हो।

रसुवाको बेलिब्रिज अनुगमन गरिसके पछि खनियाबास र नेत्रावती गाऊँपालिकाको साध किंताङ फेदी पुल,२ गा.पा अध्यक्ष रण बहादुर तामाङ ,उपाध्यक्ष सेक्केमान तामाङ र नेत्रावती गाऊँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,खनियाबास -४ का वडा अध्यक्ष लिलामान तामाङ लगायत नेपाली सेना टोली र प्राविधिक टोलीहरु द्वारा अनुगमन गरिएको थियो।

अध्यक्ष रण बहादुर तामाङ भंछन –
किंताङ फेदी पुल मेरै पालामा बन्छ , हामी त्यसको लागि दिनरात नभनिकन हिडिरहेका छौ ,बरु फलानो डिस्कानोले बनाउछ भनेर मिथ्य प्रचारप्रसार नगर्न आग्रह गरेका छन ।

खनियाबास गाऊँपालिकाको स्रोतका अनुसार भोली देखी नै किंताङ फेदी पुलको जग खन्ने प्रक्रिया सुरु गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here