धादिङको घाट बेसीमा बस दुर्घटना हुदा ९ जना घाईते

धादिङ जिल्ला गजुरी गा.पा.वडा न.५ घाटबेसी स्थित पृथ्बी लोकमार्गमा चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ८६९६ नं को बस अनियन्त्रित भई भित्तामा ठोक्किदा बसमा सवार २९ जना मध्ये ९ जना घाइते भएका छन।

घाईतेहरुलाई उपचारको लागि गजुरी प्राथामिक स्वास्थ्य केन्द्रमा पठाईएको छ । प्र.ना.उ को कमाण्डमा खटिएको टोलीले बस चालक नियन्त्रणमा लिएको छ। दुर्घटना भएता पनि बाटो अबरोध नरहेको इलाका प्रहरी कार्यालयले दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here