गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार

गायिका सिन्धु मल्ललाई अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको छ । कलाकारले मानव तस्करी गरेको कारण कलाकारहरु अफ्ठेरोमा परेको भन्दै आक्रोश पोखेकी छन ।

उनले सामाजीक सन्जालमा लेखेकी छन् ‘समयमा भिसा नदिएका कारण अष्ट्रेलियाकाे पुर्व निर्धारित मेरा सम्पुर्ण कार्यक्रमहरु रद्ध भएका छन।म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकाेमा सम्पुर्ण आदरणिय दर्शक स्राेता ज्युहरु सङ्ग क्षमा माग्दछु।काेहि पनि कलाकारले मानव तस्करि गर्ने र गैरकानुनि रुपमा लुक्ने कार्य नगर्नु हाेला ।यसकाे असर अन्य सच्चा कलाकारहरुलाइ पर्दाे रहेछ ।

बिदेश मै बस्न वा स्थापित हुन मन छ भने कानुनि प्रकृया पूरा गरेर पूरा गरेर बस्न सक्नु हुन्छ ।मेराे झण्डै तीन दशककाे गायन यात्रामा पहिलाे पटक अष्ट्रेलियाले समयमा भिसा दिएन ,कारण नेपालमा मन्दि छ नेपाली कलाकारहरु बिदेशमै गैरकानुनि रुपमा लुक्छन अनि कार्यक्रमकाे नाममा मानव तस्करि गर्छन भन्ने रहेकाे छ ।संसारका ठुला देशहरु अमेरिका ,बेलायत,क्यानडा,युराेप,जापान लगायतका २० वटा भन्दा बढि देशमा पटकाै कार्यक्रम गरेर समयमै नेपाल फर्केकाे मेराे रेकर्ड छ ।
कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भाकाे छैन।अष्ट्रेलियामा पनि चार पटक पहिले नै गैसकेकाे र भिसा अबधि समाप्त हुनु अगावै नेपाल फर्कियकाे रेकर्ड छ ।तर याे,पटक अष्ट्रेलियाले समयमा भिसा नदियकाे लाई मैले मेराे कलाकारिताकाे अपमान ठानेकि छु ।यदि मेराे याे कुरा अष्ट्रेलियाकाे भिसा दिने निकायमा पुग्छ भने म भन्न चाहन्छु ,मलाई अष्ट्रेलियामा गैरकानुनि रुपमा बस्न कुनै रहर वा बाध्यता छैन ,मलाई मेराे देश नेपाल नै प्याराे छ ।यदि भविष्यमा बिदेशमा बस्ने गरि जानू परेकाे खण्डमा कानुनि प्रकृया पूरा गरेर जानेछु ।नेपाल सरकारकाे पनि म यसै स्टाटस मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।’ भनेर आफ्नो स्टटसमा लेखेकि छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here