नेपालको प्रतिनिधित्व गर्दै नुवाकोटका राइडर राजकुमार थाईल्याण्ड रेसिङमा जाँदै

कमल खड्का, नुवाकोट । विदुर नगरपालिका १३ घर भई हाल काठमाण्डौ बाटै उच्च शिक्षा  लिएका २५ वर्षीय राजकुमार कार्की यहि सेप्टेम्बर २ र ३ मा थाईल्याण्डमा हुन गईरहेको “Asia Cup of Road Race 2023” को प्रतियोगितामा सिंगो नेपाललाई प्रतिनिधित्व गर्दै काठमाडौंका आषिक लामा समेत गरी दुईजना भोलि थाईल्याण्ड उड्न लागेको हो।

स्थानीय सरकारको तर्फबाट बिदुर वडा नं १३ ले यस्तो सहासिक र गौरव कार्यको लागि उनको प्रतिभा, कलाको सम्मान गर्दै खर्च स्वरूप रु,४० हजार रुपैयाँको चेक वडा अध्यक्ष भरत ब तामाङले हस्तान्तरण गरेको छ। उक्त चेक ग्रहण गर्दै राईडर कार्कीले सो रकम आफुले त्यहाँका स्थानीय अन्य खेलका खेलाडी भाई बहिनीहरुका लागि अति आवश्यक खेलकुदका सामाग्रीहरु खरिद गर्न खेलकुदलाई प्रवर्द्धन तथा प्रोत्साहित गर्न बागेश्वरी प्रगतिशील युवा क्लबको समन्वयमा आफुले सहयोग गर्ने उद्घोष समेत गरेका छन् ।

विगत १ दशकदेखि नेपालमा हुने मोटरसाइकल रेसिङ प्रतियोगितामा निरन्तर सहभागी भई थुप्रै पटक विजयी पनि हुँदै आईरहेको कार्कीले गत वर्ष सम्पन्न भएको “Nepal Road Racing Championship 2022” मा प्रथम हुँदै राष्ट्रिय खेलहरुमा लगातार नौ पटक प्रथम भई अन्य केहि खेलहरुमा दृतिय र तृतीय स्थान हासिल गर्दै छुट्टै पहिचान बनाई सकेका कार्कीले आफ्नो अफिसियल युट्युब च्यानल@rajkumarkarki46 मा समेत रेसका भिडियोहरु अपलोड गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here