भोलीबाट लाखे जात्रा सुरु हुने

नेवार समुदायको प्रमुख चाड लाखे जात्रा जनै पुर्णिमाकोदिन बाट धादिङ बेसीमा औपचारिकरुपमा सुरु हुने भएको हो । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत धादिङको प्रमुख व्यापारिक केन्द्र धादिङ बेसी बजारमा जनै पुर्णिमाको दिन देखि लाखे नाच प्रदर्शन गरिनेछ । धाप बाजा २ ओटा गरि मौलिक बाजा बजाउने सानु काजीले पत्रकार प्रेस मिटमा बताए ।

पछिल्लो एक वर्षमा मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको लाखे जात्रासँगै गाई जात्रासमेत मनाउने गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा मनाइने गाई जात्रा पर्वलाई देशमा भैरहेका राजनीतिक गतिविधीलाइ व्यङ्य गर्ने दिनका रूपमा समेत चिन्ने गरिन्छ ।

गाई जात्रामा धादिङका नेवार समुदायले दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाच देखाउनेछन् । क्वाँटीपूर्णिमाको दिन यसअघि अर्थात वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झना गर्दै सापारु बनाएर धादिङ बेसी बजारका विभिन्न चोक परिक्रमा गराउने गरिएको छ ।

लाखे पर्वसँगै जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिले जात्रा, रोपाइँ जात्रा, कृष्णजन्माष्टमीको जात्रा लगायतका विभिन्न जात्राहरु मनाउने चलन रहिआएको छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण जात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली, आदि भूत–पिचास, नागको भय हुँदैन भन्ने जनविश्वास रहेको छ । जनै पुर्णिमाकोदिन बाट औपचारिक रुपमा सुरु गरेर विशेष तरिकाले मनाइने लाखे जात्रा कृष्णाष्टमीको भोलिपल्ट विधिवत् रुपमा समापन गर्ने चलन रहिआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here