सितोरियो कराँते संघको अध्यक्षमा बलराम रानामगर,उपध्यक्षमा शेर ब.तामाङ चयन

धादिङ। जिल्ला सितोरियो कराँते संघको अध्यक्षमा बलराम रानामगर चयन भएका छन् । धादिङबेसीमा सम्पन्न प्रथम अधिवेशनले रानामगरलाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा शेर बहादुर तामाङ, सुदिप श्रेष्ठ र राजेन्द्र तामाङलाई चयन गरेको छ । सचिवमा मिथुन तामाङ, सहसचिवमा सन्दीप तामाङ र कोषाध्यक्षमा कविता रन्जितकार चयन भएका छन् ।
सदस्यहरुमा मनोहर बिक, दावरी तामाङ, सन्तबहादुर तामाङ, करण गुरुङ, सन्दिप अधिकारी, दिवाकर रन्जितकार, सन्देश घले, सामुयल तामाङ, मनिष तामाङ, सुदिप तामाङ, रोशन घले, रजनी तामाङ र सुजन श्रेष्ठ रहेका छन् ।
धादिङको नयाँ कार्यसमिति चयनपछि बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिं तामाङले खेलकुदको क्षेत्रमा धादिङले अन्तरास्ट्रिय स्तरमा छलाङ मारेको बताए । धादिङका खेलाडीले जिल्लाको शीर उच्च बनाएको उनले बताए ।
सितोरियो कराँते संघ बागमती प्रदेश समितिका अध्यक्ष गगन लामाले धादिङमा कराँते खेलको विकासको लागि प्रदेश समिति र व्यक्तिगत सहयोग गर्न पनि तयार रहेको प्रतिवद्दता व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजराम शर्माले जिल्लामा खेलकुदको विकास र प्रवर्द्धनको लागि पत्रकारिताको क्षेत्रबाट गर्न सकिने सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने स्पष्ट पारे ।
धादिङ जिल्लामा खेलकुद विधाका विभिन्न १९ वटा संघ गठन भैसकेको छ । हाल धादिङको धुनिबेसी नगरपालिका र रुवीभ्याली गाउँपालिका सितोरियो कराँतेप्रतिको आकर्षण बढी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here