भारतले रच्यो इतिहास, चन्द्रयान ३चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक सफल अवतरण

काठमाडौं । भारतले अन्तरीक्ष दौडमा इतिहास रचेको छ । बुधबार चन्द्रयान ३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट–ल्याण्ड गरेसँगै भारतले इतिहास बनाएको हो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवरतरण गर्ने गर्ने पहिलो देश बनेको छ। साथै अमेरिका, चीन र सोभियत संघपछि भारत चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बनेको छ ।

चन्द्रयान २ असफल भएपछि १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । अगस्ट १७ मा, दुबै मोड्युलहरू रोभर र ल्यान्डर स्पेसक्राफ्टबाट अलग गरिएको थियो।

अवतरण साइट सावधानीपूर्वक चयन गरिएको थियो। यस क्षेत्रमा पानीको अंश फेला परेको छ। सन् २००९ मा नासाले चन्द्रमाको सतहमा पानी फेला पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here