दामन पाख्रिन सडक खण्ड नबन्दा रुवीभ्यालीका नागरिकहरुले सास्ती खेप्नुपर्यो : अध्यक्ष तामाङ”

धादिङ,६ भदौ ।उत्तरी धादिङको मेरोदण्ड रहेको दामन पाख्रिन सडक खण्ड नबने सम्म रुवीभ्याली गाउँपालिकाको विकास नहुने गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताउनु भएको छ । रुवीभ्याली गाउँपालिकामा उत्पादन भएका कृषि उपज लगायत फलफुल बजार सम्म ल्याउनको लागि उक्त सडक खण्ड बन्नुपर्ने बताउनुभयो ।

पत्रकार सँगको कुराकानीमा उहाँले भन्नुभयो,“रुवीभ्याली गाउँपालिकासम्म पुग्ने दामन पाख्रिन सडक भर्खर भर्खर रुवीयाली गाउँपालिकासम्म ट्र्याक पुगेको छ ,सडक स्तरउन्नती रुवीभ्याली गाउँपालिकामा मात्र भएर भएन धादिङबेशीबाटै कछुवाको गतिमा अघि बढिरहेको कारण समस्या आएको हो।यो सकड खण्ड बनेपछि भने रुवीभ्यालीका नागरिकहरुले सुखको श्वास फर्न पाउनेछन्”
नीलकण्ठ नगरपालिका हुँदै नेत्रावती डबजोङ, खनियाबास र रुवीभ्याली जाने बाटो पनि यहि भएको भन्दै तामाङले नीलकण्ठ,नेत्रावती र खनियावास गाउँपालिका अन्तर्गत कै सडकमा आवत जावत गर्न सक्ने अवस्था नभएको बताउनुभयो।
गाउँपालिकाले आफ्नो श्रोत साधनलाई सदुपयोग गरेर गाउँपालिकामा सडक सन्जालहरु स्तर उन्न्ती गर्ने क्रम जारी भएपनि धादिङबेसी बजार सम्म पुग्ने मोटरबाटो नबन्दा गाउँमा फलेका फलफुल लगायत कृषि उपजहरु बोटमै सड्ने अवस्था आएको स्पष्ट पार्नुभयो ।
संघीय सरकार र प्रदेश सरकारले यो सडकमा विषेश चासो राख्नुपर्ने भन्दै उहाँले दुरदराजको विकासको लागि दामन पाख्रिन सडक खण्ड कोशे ढुंगा साबित हुने बताउनुभयो ।रुवीभ्याली गाउँपालिकामा मात्र नभएर नेत्रावती डबजोङ, खनियाबास, गंगाजमुना गाउँपालिकाकाका कषकहरुले उत्पादन गरेको वस्तुलाई आम्दानीको श्रोतको रुपमा विकास गर्नको लागि उक्त सडकको विकास हुन जरुरी रहेको भन्दै अध्यक्ष तामाङले संघ र प्रदेशले विशेष रुपमा हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । धादिङको सुदुर पश्चिम भनेर चिनिने रुवीभ्याली गाउँ पालिकामा उत्पादन भएका अर्गानिक तरकारी,कृषि उपजहरु बजार सम्म ल्याउन नसक्दा त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।

साभार-निलकन्ठ एफयम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here