सामुदायिक विद्युतिकरणको नाममा ठगीपैसा उठाएको ५ वर्षसम्म विद्युत मिटर दिएन, समिति र कर्मचारी बिच आरोप प्रत्यारोप

धादिङ, ४ भदौ

युनिस तामाङ
गल्छी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का लागि गरिएको सामुदायिक विद्युतिकरणमा चरम अनियमितता भएकाले उपभोक्ताहरु आक्रोसित भएका छन् ।
श्री रणकालीका सामाजिक सेवा समितिमार्फत सामुदायिक विद्युतिकरण गरिउकोयसक्षेत्रमा समुदायका नागरिकहरुले विद्युत मिटर पाउनका लागि रकम दिए । रकम लिएको ५ वर्ष भइसक्दा समेत ५ सय ग्राहकले छुट्टै विद्युत मिटर किनेर काम चलाउनुपरेको गल्छी गाउँपालिका वडा नम्बर ५ का विर वहादुर थिङले बताउनुभयो ।
समितिले९० घरको मिटरका लागि १ हजार २ सयका दरले, ११ घरका लागि २ हजारका दरलेबाँकी ४ सय घरको २ हजार २ सयका दरले मिटर उपलब्ध गराउन कर्मचारी मार्फत २०७१ सालमा पैसा उठाएको कर्मचारी विष्णुसुवेदीले बताउनुभएको छ।
उपभोक्तासंग उठाएको पैसा समितिकाकर्मचारीर अध्यक्षले विभिन्न बहानामा खर्च गरे । उपभोक्तालाई मिटरनदिएपछि उपभोक्ताहरु नै आन्दोलित भएको उपभोक्ता समितिका पूर्व सचिव पाल्चोक निवासी हरी भण्डारीको भनाइ छ । आफू समितिमा भएपनि हिसाव अध्यक्ष र कर्मचारीले गर्ने भएकोले जानकारी नभएको जानकारी दिनुभयो । उपभोक्ताहरुको व्यापक गुनासो र रकम खाएको गुनासो आएकोले चासो दिएर खोजि गरेको उहाँको भनाइ छ ।
२०७५ जेठ १२ गतेसम्म समितिका अध्यक्ष रहेका कुमार भन्ने बेदबहादुरभण्डारीले हिनामिना गरेको, पटक पटक खातामा र नगद पैसा मागेर लगेर हिसाव नदिएको कर्मचारी सुवेदीको भनाइ छ । तर तत्कालिन अध्यक्ष भण्डारीले भने कर्मचारीले हिसाव गोलमाल गरेको, डुब्लीकेट बिल बनाएको आदी आरोप लगाएको लगाउँदै आफूले उपभोक्ता समितिसंग पैसा लिन बाँकी रहेको बताउनुभएको छ।
गाउँबासी भने पैसानहुनेहरुले कुखुरा, बोका, लगायतका जिन्सी सामान समेत उठाएर लगेकोले उपभोक्ताको रकम हिनामिना गर्नेहरुलाई जनताको सामुमै कारबाही गर्नुपर्ने माग गरेका छन् ।
६ सय घर धुरी मध्ये सुकुम्वासी समेत भएका विर वहादुर थिङले विभिन्न शिर्षकमा २ हजार २ सय रकम वुझाउनुभएको थियो । धरौटी वापत १३ सय ८० र मिटर वक्स १ सय ८५ एमसिबि २ सय ८०, तार ६५ र सेवा शुल्क १ सय, २ महिनाको न्यूनतम धरौटी १ सय ६० र अन्य शुल्क ३० गरी २ हजार २ सय रकम श्री रणकालिका सामाजिक सेवा समितिलाई वुझाएको उहाँकोभनाइ छ । पैसानहुनेसंग जबरजस्ती जिन्सी समेत लगेर जनताको रकम खाएरभाग्नेहरुलाई कारबाही हुनुपर्ने पाल्चोक षेत्रका बासिन्दाले माग गरेका छन् ।
यसैगरी ६ सय घर धुरीले १० लाख ७ हजार ८ सय रकम वुझाएका थिए । वत्ति त आयो तर लामो समय विद्युत मिटर आएन । लामो समय सम्म विद्युत मिटर नआए पछि स्थानिय जनता आफै सवा मिटर खरिद गरेर वत्ति वाल्न बाध्य भएका थिए । सवा मिटर प्रयोग गर्दा जोखिम वढेको छ । तर जोखिम भए पनि वत्ति वाल्नुको विकल्प नरहेको स्थानियहरुको गुनासो छ ।
यसअघि पटक पटक जनता ठगिएको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् । श्री रणकालिका सामाजिक सेवा समितिले २०६२ साल देखी विद्युत विस्तार गरेको थियो । विद्युत विस्तार सहयोगार्थ वापत समितिले १ हजार ५ सय रकम उठाएको थियो । समितिको १५ वर्षमा ३ अध्यक्ष चयन भै सके तर पनि स्थानिय जनताबाट उठाएको रकम विद्युत मिटर पाउन सकेका छनन् ।
श्रीरणकालिका सामाजिक सेवा समितिका तत्कालिन अध्यक्ष कुमार भन्ने वेद वहादुर भण्डारीले विभिन्न शिर्षकमा खर्च भएको भन्दै रकम माग गरे वमोजिम नै दिएको श्री रणकालिका सामाजिक सेवा समितिका कर्मचारी विष्णु सुवेदी स्वीकार गर्छन् ।
तत्कालिन श्री रणकालिका सामाजिक सेवा समितिका अध्यक्ष वेद वहादुर भण्डारी कुमारले रकम हिना मिनाह गरेको भन्दै २०८० साल जेष्ठ १ गते स्थनियहरुले जिल्ला प्रशासन कार्यालय धादिङ उजुरी समेत दिएका थिए ।
यसअघि २०७१ चैत २७ गते जिल्ला प्रशासन कार्यालयमा रकम हिनामिना भएको सम्बन्धमा छलफल भइ भण्डारीले तिर्नुपर्ने, कर्मचारीले तिर्नु पर्ने रकम ४५ दिनभित्र तिर्ने सहमति गरेका थिए । कर्मचारी विष्णु सुवेदीले रकम समितिलाई आफूले तिर्नु पर्ने ३ लाख ५० हजार तिरेको तरसमतिकाअध्यक्षले हालसम्म पनि नतिरेको बताउँदै आउनु भएको छ।
वर्तमान समय सम्म आउँदा पनि तत्कालिन अध्यक्षलेनयाँ समितिलाई कुनै हिसाव नदिएको, माइनुट समेत नदिएकोले नयाँ माइनुट ल्याएर काम चलाएको २०७५ जेठ १२ गते नियुक्त हुनुभएका अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । समितिलेहिसाव नदिएपनि आफूहरुले हिसाव मिलाउँला भनेर तत्कालिन गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठलेसमेत भनेपछि आफूले सामुदायिक विद्युतिकरणको अध्यक्ष बसेर काम गरेको अधिकारीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here