नुवाकोट म्यागङ गाउँपालिकाको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा आज विहान ९ बजे म्यागङ गाउँपालिकाको प्रदेश ०१–०२–झ ६०६५ नम्बरको बोलेरो र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ ।म्यागङ गाउँपालिकाबाट साहुगाउँ तुप्चे हुँदै विदुरतर्फ आउने क्रममा बोलेरो र्दुघटना भएको प्रहरीले जानकारी दिएको छ ।
र्दुघटनामा मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ पल्चोकका ५५ वर्षिय होमवहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी खगेन्द्र वहादुर खतिवडाले जानकारी दिए ।

मृतक वस्नेत लेखापरिक्षक रहेकोले अडिटको क्रममा केही समयदेखि म्यागङ गाउँपालिकामा वस्दै आएका थिए ।

र्दुघटनामा सवारी चालक म्यागङ गाउँपालिका वडा नम्बर ५ का जसवीर तामाङ घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।मृत वस्नेतलाई उपचारका लागि नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष शैलेन्द्र प्याकुरेलले आफ्नै गाडीमा त्रिशुली अस्पताल लगेका थिए । तर अस्पताल पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।र्दुघटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

श्रोत_डि बि गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here