होटेल व्यवसायी र नियमन निकाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न”

धादिङ।होटेल व्यवसायी र नियमन निकाय बीच अन्तरक्रिया कार्यक्रम भद्रकाली मन्दिर परिसर ,मलेखुमा सम्पन्न भएको छ ।

‘कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी-बद्रीनाथ गैह्रे ,विशिष्ट अतिथि प्रहरी उपरिक्षक-गौतम मिश्र ,घरेलु कार्यलयका प्रमुख -मेघनाथ गौतम, होटेल व्यवसायी संघका ,प्रथम उपध्यक्ष श्याम सिङ ठकुरी,सचिव, सूर्य थापा लगायत वडा अध्यक्षहरुको अथित्य र होटेल व्यवसायी संघका अध्यक्ष रामशरण सिलवालको सभापतित्वमा कार्यक्रम समपन्न भएको हो ।

एकसाता भित्र राजमार्गका होटलहरुमा अनिर्वाय मुल्यसुची राख्न जिल्ला प्रशासन कार्यालय धादिङले निर्देशन गरेको छ ।आईतबार राजमार्ग क्षेत्रका होटल व्यवसायहरुसँगको अन्तरक्रियापछि विज्ञप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारी ब्रदीनाथ गैह्रेले निर्देशन दिएका हुन् ।
राजमार्गको धादिङ जिल्ला खण्डका होटल व्यवसायहरुको बारेमा जनगुनासो आएको हुनाले सात दिन भित्र तोकिएको निर्देशन पालना नगरे कार्वाहि गर्ने चेतावनी दिए ।प्रचलित कानुन वमोजिम दर्ता गरि संचालन गर्ने, कर राजश्व समयमा नै भुक्तानी गर्ने, अधिकतम खुद्रा मुल्य भन्दा बढि मुल्य लिन नपाईने, खान पकाउने तथा खाना खाने स्थानको सरसफाईमा विशेष ध्यान दिने, वासी सडेलगेका तथा मिसावटयुक्त, मिति सकिएका जस्ता अखाद्य वस्तु विक्रि वितरण नगर्न निर्देशन गरेको छ ।
त्यस्तै कानुनले निषेध गरेका वस्तुहरु विक्रि वितरण नगर्ने, सवारी धनीहरुलाई कमिशन प्रदान गरि यात्रुहरुलाई ठगि गर्ने प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्ने, सडक यातायातमा अवरोध पुर्याउने गरि सडकको क्षेत्राधिकार कुनै प्रकारको व्यवसाय संचालन तथा सवारी साधन पार्किङ नगर्न भनिएको छ ।
होटलमा वासवस्न आउने सबै आगन्तुकको परिचय पत्र अनिवार्य लिई अभिलेख राख्ने,बालबालिकालाई काममा नलगाउने, काम गर्ने कर्मचारी तथा कामदारका लागि छुट्टै पोशाकको व्यवस्था गर्ने, होटलमा कुनै किसिमको संकास्पद तथा कानुन विपरितको गतिविधि भईगरेको पाईएमा प्रहरी प्रशासनलाई जानकारी गराउने र विभिन्न निकायबाट हुने अनुगमन कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको थियो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here