होटेल व्यवसायी र नियमन निकाय बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न”

धादिङ।होटेल व्यवसायी र नियमन निकाय बीच अन्तरक्रिया कार्यक्रम भद्रकाली मन्दिर परिसर ,मलेखुमा सम्पन्न भएको छ ।

‘कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रमुख अधिकारी-बद्रीनाथ गैह्रे ,विशिष्ट अतिथि प्रहरी उपरिक्षक-गौतम मिश्र ,घरेलु कार्यलयका प्रमुख -मेघनाथ गौतम, होटेल व्यवसायी संघका ,प्रथम उपध्यक्ष श्याम सिङ ठकुरी,सचिव, सूर्य थापा लगायत वडा अध्यक्षहरुको अथित्य र होटेल व्यवसायी संघका अध्यक्ष रामशरण सिलवालको सभापतित्वमा कार्यक्रम समपन्न भएको हो ।

उक्त कार्यक्रममा होटेल व्यवसायीहरुले व्यवसायी गर्न खुला नभएको र कर तिर्ने बेलामा पनि बिभिन्न निकाएहरुबाट पेलिएको व्यापारीहरुले प्रहरीसंग गुनासो गरेका थिए।
व्यवसायी चन्द्रमान तामाङले भने,हामीले विदेशका कुरा गर्छौ तर विदेशमा जस्तो बनाउनलाई सिस्टममा काम गर्न सकेनौ भन्दै,प्रहरी र अन्य संघ संस्थाहरुलाई गुनासा राखेका थिए।
त्यस्टै, होटेल संचालक पवित्र कोईरालाले पनि टाडाबाट गाडीमा आऊने ग्राहक ९,१० बजे तिर आईपुग्छन, त्यत्ति बेला पुलिसले हामीलाई चोरलाई झै धम्की दिन आऊछ ,त्यसकारण पुलिसको धम्कीबाट पनि त्रसीत भएको कोईरालाले व्यक्त गरेकी थिईन,
निलम आर्याल थपछन,त्यत्ति मात्रै नभएर घरेलुले पनि बेवारीसे तारिका कर उठाउने अनि खाजा ,खानाहरु कत्ती दिन सम्म खाना पाउने भन्ने बारे शिक्षा दिएर मात्रै होटेलहरु अनुगमन गर्न आऊन आग्रह गरेका थिए,
होटेल व्यवसायीहरुसंग कुरा गर्दै प्रहरी उपरिक्षक गौतम मिश्रले भने,कानुन विपरीत होटेलमा महिलाहरु ल्याउने काम बन्द गर्नु पर्छ,राम्रो काममा हामी सधै साथमा छौ भन्दै आफ्नो भनाई राखेका थिए।
त्यस्टै,घरेलु कार्यालयका प्रमुख-मेघनाथ गौतमले पनि व्यापारीहरुले समयमा नै करतिर्न आग्रह गरेका थिए।
भने अन्त्यमा जिल्ला प्रमुख अधिकारीले कानुनलाई मिचेर काम नगर्ने अरू कुराहरुमा सहजीकरण गर्न सक्ने प्रतिबद्धता जनाउनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here