२०८४ साल सम्म देशले तीन ओटा प्रधानमंत्री पाउनेछ-काङ्ग्रेस नेता,विमलेन्द्र निधि

धादिङ– नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले २०८४ सालको आम निर्वाचन शेरबहादुर देउवा नेतृत्वको सरकारले गराउने बताएका छन् ।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका कांग्रेस नेता निधीले वर्तमान सरकार निर्माण गर्दा नै २०८४ सालको आम निर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमती भएको स्मरण गराए ।

‘चालु संसद ५ वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद ५ वर्ष नै कायम रहन्छु’, निधीले भने– ‘२०८४ सालमा हुने आम निर्वाचनसम्म देशमा तीन ओटा प्रधानमन्त्री पाउनेछ, संसद विघटन हुनेछैन ।’ सरकारको नेतृत्व परिवर्तन हुनु अस्थीरता नभएर संसद विघटन हुनु अस्थीरता रहेको उनले बताए ।

कांग्रेस नेता निधीले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दावी गर्दै त्यसका लागि कांग्रेसको संगठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासंग आग्रह पनि गरे ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका स्वर्गीय पीता सोमप्रसाद ढुंगानाको १३औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली दिन निधि धादिङ आइपुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here