भोली देखी बागमती प्रदेशका सवै प्रादेशिक अस्पतालका शैया निःशुल्क

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालका सबै शैया निःशुल्क हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको निर्देशनमा वाग्मती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक बिरामीहरुको लागि सबै बेड निःशुल्क गर्न लागिएको हो । वागमती प्रदेश सरकार मातहतका ति अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अन्य सबै शैया निःशुल्क हुने छन्।

प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८ सय ११ शैया निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । मन्त्रालयका आयुर्वेद चिकित्सक डा। रविन भुषालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनिएको छ ।

जिल्ला अस्पतालहरुबाट न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपैयाँसम्म प्रति शैयाका बिरामीहरुले रकम तिर्दै आएकोमा भदौबाट निःशुल्क हुने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवंम प्रवक्ता दिपकप्रसाद तिवारीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here