स्वर्गीय पुर्व प्रधानपन्च सोमनाथ ढुंगानालाई कांग्रेसजनले प्रेरणाको रुपमा लिनुपर्छ : कांग्रेस सभापति शेर ब.देउवा

धादिङ– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले धादिङमा कांग्रेसको संगठन विकासमा स्वर्गीय सोमनाथ ढुंगानाको योगदान रहेको बताएका छन् ।

साविक मुरलीभञ्ज्याङ गाउँ पञ्चायतमा पटक पटक प्रधानपञ्चमा निर्वाचित ढुंगाना लोकतन्त्रका पक्षधर रहेको देउवाले स्मरण गरे ।

तत्कालिन जनप्रतिनिधि ढुंगानाको स्वर्गारोहण भएको १३औं दिनको पुण्य तिथिमा नेपाली कांग्रेस धादिङले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै देउवाले पञ्चायती व्यवस्थामा पनि जनताको मत जितेर लोकतन्त्रको पक्षमा काम गरेकोले कांग्रेसजनले यसलाई प्रेरणाको रुपमा लिन आग्रह आग्रह गरे ।

नेपाल नगरपालिका संघका अध्यक्ष एवं धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाका पीता पुर्व प्रधानपन्च सोमनाथ ढुंगानाको १०७ वर्षको उमेरमा यहि साउन १९ गते निधन भएको थियो ।

साभार-पबिल न्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here