लापा मा.बि.को कक्षा १२ को पहिलो ब्याजको परिक्षामा ६८.५७ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल

धादिङ । पहिलो पटक कक्षा १२ को परिक्षामा समाबेश भएको रुबीभ्याली ५ स्थित लापा माध्यमिक विद्यालयले परिक्षाको नतिजा अत्यन्तै राम्रो ल्याउन सफल भएको छ ।

परिक्षामा सहभागी ३५ जना मध्य २४ जना कुनै पनि बिषय नलागी उतिर्ण भएका छन । जस् अनुसार ६८.५७ प्रतिशत विद्यार्थी संख्या पास हुन सफल भएको विद्यालयका अंग्रेजी शिक्षक दल बहादुर तामाङले बताउनु भयो ।

दक्ष शिक्षकहरु द्वारा नियमित रुपमा पठनपाठन हुने, यस विद्यालयले एस इ इ मा समेत हरेक बर्ष रुबीभ्याली गाउँपालिका भरिमा नै उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here