धादिङका ‘मनिष र सञ्जय’ अन्तराष्ट्रिय साईकल यात्रामा निस्किए

धादिङ । बिना पैसा अन्तराष्ट्रिय साईकल यात्रामा दुई युवाहरु निस्किएका छन् । धादिङवेशीं देखि भारतको दार्जलिङ सम्म मनिष श्रेष्ठ र सञ्जय बराल साईकल यात्रामा निस्किएका हुन् ।

साईकल यात्री दुबै जनालाई आज एक कार्यक्रमको आयोजना गरि धादिङ साईकल समुदायका अभिभावक नन्दु प्रसाद घलेले खादा, अविर र नेपालको राष्ट्रिय झण्डा ओढाएर सफल यात्राको कामना सहित बिदाई गर्नुभएको हो । धादिङ सहित समग्र देशको प्रतिनिधित्व गर्दै साईकल यात्रामा निस्किएका दुबै जनालाई बधाई सहित धन्यवाद व्यक्त गर्नुभयो । साईकल यात्राबाट आफ्नो जिल्ला र देशको नाम चिनाउन दुई युवाले देखाएको आँट र हिम्मतको जति प्रशंसा गरे पनि कम हुने घलेले बताउनुभयो ।स्वास्थ्यको लागि साईकल, वातावरणको लागि साईकल र पर्यटनको लागि साईकल भन्ने उद्देश्यले नेपालदेखि भारत सम्म साईकल यात्रा गर्न लागेको साईकल यात्री मनिष श्रेष्ठले बताउनुभयो । भारतको दार्जलिङ सम्म यात्रा भएपनि संम्भव भएसम्म भारतको अन्य स्थानहरुमा पनि पुग्ने सोँच बनाएको श्रेष्ठले बताउनुभयो । बिना पैसामा साईकल यात्रामा अन्य स्थानबाट साईकल यात्री सहभागी हुने भएकाले यात्रा अझै रमाईलो अविस्मरणिय हुने अपेक्षा गरेको उहाँको भनाई छ ।साईकल यात्रामा निस्किन लागेका सञ्जय बराल भने पोखराका स्थायी बासिन्दा हुनुहुन्छ । आफु देशको जुनसुकै कुनाको भएपनि धादिङर समग्र देशको प्रतिनिधित्व गरेर साईकल यात्रामा निस्किन पाउँदा खुशी लागेको बताउनुभयो । साईकल यात्राको सबै भिडियो सञ्जय बराल र DHD Manish Vlog आधिकारिक युटुव च्यानलमा हेर्न सकिने उनिहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here