धादिङमा प्याब्सन र N प्याब्सन बिरोधमा उत्रिए,साउन २८ बाट बिद्यालय बन्द गर्ने’

धादिङमा प्याब्सन र एन प्याब्सन बिरोधमा उत्रिए,साउन २८ गते बाट बिद्यालय बन्द गर्ने
धादिङ । धादिङमा निजी शिक्षालय सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् । आज प्याब्सन र एनप्याब्सनले धादिङबेशीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालय शिक्षा ऐनको मस्यौदा सच्याउन माग गर्दै बिरोधमा उत्रिएका हुन् ।

निजी शिक्षालय सञ्चालकहरूले बिद्यालय बन्द देखि सार्वजनिक स्थलमा विद्यालयका सवारी साधन पार्किङ गरिदिने सम्मको चेतावनी दिएका छन् । प्याब्सन र एनप्याब्सनले विद्यालय बन्द गर्दा पनि सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सरकारी सवारी साधन पार्किङ गर्ने सार्वजनिक स्थलमा पार्किङ गर्ने घोषणा पनि गरेका छन् ।

निजी शिक्षालय सञ्चालकहरूले मुख्य गरी मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफाको उपदफा (३) मा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने माग अघि सारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here