मार्पाक प्रिमियर लिग एमपिएल फुटसल प्रतियोगिता जेठ १३ देखि हुदै

धादिङ । नवौं संस्करणको मार्पाक प्रिमियर लिग ( एमपिएल ) फुटसल प्रतियोगिता जेठ १३ गते, शनिबार, राजधानी काठमाडौंको भत्केपुलस्थित फ्रेन्डस स्टारमा हुने भएको छ ।
धादिङको साबिक मार्पाक गा. वि. स. का खेलाडीहरुको सहभागितामा संचालन हुने फुटसल प्रतियोगितामा जम्मा ८ देखि १० टिम हुने अनुमान गरिएको छ ।
नेत्रावती डबजोङ्ग गाउपालिकाका युवा समाजसेवी राजाराम रिजालले मुख्य प्रायोजन गरेको यस एमपिएलको नबौ संस्करणमा पनि प्रथम,  िद्वतिय र तृतिय हुने टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ, भने विजेता टिमले एउटा ट्रफी पाउने छ साथै विजेता टिमका हरेक खेलाडी, कोच र म्यानेजरलाई मेडल र प्रमाण – पत्र समेत प्रदान गरिने छ ।
त्यसैगरी, प्रतियोगिताको उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टको व्यवस्था गरिएको प्रतियोगिताका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनु भएको हो।
प्रतियोगिताको आयोजकमा मार्पाक भेट्रान्स फुटसल टिम रहेको छ, भने सह – आयोजक मार्पाक सामुदायिक क्लब ( सिसिएम ) रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here