माइतीघरमा नर्सहरू द्वारा धर्ना

धादिङ । अस्पतालहरूमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन् । काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरूले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै  धर्ना दिएका छन् । उनीहरूले सोमबार धर्ना सुरु गरेका थिए ।

मंगलबार पनि धर्ना जारी छ । न्यून तलबमा क्षमताभन्दा पनि बढी बिमारीहरूको हेरचाह गर्दासमेत कामको मूल्याङ्कन नभएको गुनासो गरेका छन् । 

धर्नामा सहभागी नर्स दिपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नुपर्ने प्रमुख माग रहेको बताइन् । उनले न्यून तलबमा क्षमताभन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्याङ्कन हुन छोडेको बताइन् । उनले पछिल्लो समय नर्सहरू सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताइन् । 

उनले नर्सिङ पेसालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने बताइन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here