पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाएकोमा रघुजी पन्तको प्रश्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद पन्तले यसबारे आपत्ति जनाएका हुन् ।

उनले डा. रुइतकाे जीवनी हटाइएकाे बारे शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतको बारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा। सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here