रुबीभ्याली ६ र लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा शिक्षकहरु तालिम दिइने                                       

धादिङ । शिक्षकहरुको क्षमता बिकासको निम्ति श्री लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजना र रुबिभ्याली गाउपालिका वडा न.६ को आर्थिक सहयोगमा रुबिभ्याली गाउपालिका वडा न. ५ र ६ को सबै (१०) वटा सामुदायिक बिद्यालयको  अधारभुत तहका शिक्षकहरुको क्षमता बिकास तालिम सन्चालन हुने भएका छ ।

उक्त तालिममा रुबीभ्याली ५ र ६ का कक्षा १ देखि ५ (साबिक प्राबी तह )का गाउपालिका अनुदान,राहत,अस्थायी र स्थायी शिक्षक शिक्षिकाहरुले सहभागी हुन पाउने छन । साथै खाना र बस्नको लागि समेत आयोजक समितिले ब्यबस्थापन गरिने लापा कुकु सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष म्लङ्गे तामाङले बताउनु भयो ।

कार्यक्रम भोलि शुक्रबार ५ गते देखि ८ गते सम्म रुबीभ्याली ६ को लप्चेत गाउँमा हुनेछ भने उक्त कार्यक्रमको उद्घाटन रुबीभ्याली ६ का वडा अध्यक्ष समीर गुरुङले गर्नु हुनेछ भने समापनमा गाउँपालिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्य रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here