रुबीभ्याली द्वारा सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि महत्त्वपूर्ण सुचना

धादिङ । आर्थिक बर्ष २०७९/८० को तेस्रो त्रैमासिक २०७९ को माघ देखि चैत्र सम्मको सामाजिक सुरक्षा भत्ता बितरण गर्ने सम्बन्धमा रुबीभ्याली गाउँपालिकाले सुचना प्रकाशन गरेको छ ।

बैशाख १० र ११ गते २ दिन वडा न १ का २०८ लाभग्राहीलाई बितरण गरिने छ भने १२ गते वडा न. २ का लाभग्राहीलाई, १३ र १४ गते २ दिन वडा न. ३ लाई, १५ र १७ गते दुई दिन वडा न. ४ का लाभग्राहीलाई बितरण गरिने छ । त्यस्तै १९,२० र २१ गते ३ दिन वडा न. ५ लाई र २४ र २५ गते वडा न. ६ लाई सामाजिक सुरक्षा भत्ता बितरण गरिने गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता रुबीभ्याली ३ स्थित ग्लोबल आइ. एम. बैंक द्वारा बितरण गरिने र आइतबार देखि सोमबार सम्म १० बजे देखि ४:३० सम्म र शुक्रबार 10 बजे देखि २:३० समा बितरण गरिने छ ।

साथै तोकिएको मिति भन्दा फरक मितिमा भत्ता लिन गएमा भत्ता नपाइने समेत जानकारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here