धादिङकी चेली सुनिता वाइबाको नयाँ म्युजिक भिडियो ‘गाल पारा’ सार्वजनिक (भिडियो सहित)

    
 

धादिङ । धादिङ नेत्रावती सेम्जोङ गैरामा जन्मिएर  विगत ८ वर्ष देखि कलाकार क्षेत्रमा होम्मिएकी  धादिङकी हँसेली चेली सुनिता वाइबा अहिले उनि यसै क्षेत्रमा निकै व्यस्त छिन । सुनिता एक संघर्षशिल, लगनशील, सफल मोडल, कलाकार, म्युजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छिन्।

उनले महिनामा ५/७ वटा म्युजिक भिडियोहरुमा अभिनय गर्ने गर्छिन, उनले अभिनय गरेको प्राय: नेपालि लोक दोहोरी, आधुनिक, तामाङ सेलो सबै खाले भिडियो दर्शकहरुले सर्वाधिक रुचाएका छन्, दर्जनौ म्युजिक भिडियो, फिल्ममा समेत अभिनय गरिसकेकि सुनिताको फेरि अर्को दमदार कोसेली “गाल पारा” आज भर्खरै सार्वजनिक भएको हो।

आकृति हुमागाइ र किरण गौतमको समधुर स्वर, किरण गौतमको शब्द संकलन रहेको गीतमा आकृति आफैले लय मिलाएकी छिन भने म्युजिक एरेन्ज आर के मिलनले गरेको हुन ।

जोन राईले निर्देशन गरेको उक्त भिडियोमा सुनिता वाइबा, जोन राई,  प्रतिप अधिकारीको बेजोडको अभिनय  देख्न सकिनेछ।

नृत्य निर्देशक सुरेश पान्डे र छायाकन:दुर्ग श्रेष्ठले गरेका छन ।