उपनिर्वाचनको मौन अवधि भोलि राति १२ बजेबाट सुरु हुँदै

काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाइने छैन ।

निर्वाचन आचार संहता अनुसार उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ ।

निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न निषेध गरिएको छ । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here