पहिरोले जोखिम हिन्दुङ गाउँमा पहिरो नियन्त्रणको लागि भै रहेको कार्यको अनुगमन

धादिङ । रुबीभ्याली गाउँपालिका वडा न. ४ मा पर्ने बाढी पहिरोको उच्च जोखिममा रहेको हिन्दुङ गाउँको बाढी पहिरो नियन्त्रणको लागि मंगलबार अनुगमन गरिएको छ ।

रुबीभ्याली पालिका अध्यक्षको स्वकीय सचिव बिपिन तामाङको संयोजकत्वमा एबं रुबीभ्याली ३ का वडा अध्यक्ष फेदोर्जे तामाङ लगायत धादिङ जलधार टोलि सहितले पहिरो नियन्त्रणको लागि भै रहेको कार्यको अनुगमन गरिएको होराईजन संबाददाता बम सागर तामाङले जानकारी दिनु भयो ।

करिब १०० घर धुरी रहेको उक्त बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको छ । साथै हाल गाउँपालिका र प्रदेश सरकार द्वारा पहिरो नियन्त्रणको लागी दस दस लाख बिनियोजन गरिएको छ । साथै अनुगमनमा सहभागी जलधार टोलिले आगामी बर्षहरुमा पहिरो नियन्त्रणको लागि आवस्यक जाली लगायतका बस्तुहरु सहयोग गर्ने आश्वासन प्रदान गरिएको तामाङले बताउनु भयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष रामसिंह तामाङले पुर्ण रुपमा पहिरो नियन्त्रणको लागि विभिन्न तह बाट बजेटको खोजी गर्ने र पालिका बाट पनि सक्दो बजेट बिनियोजन गरिने बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here