कविता: अचेल मलाई …!

कला/साहित्य । अचेल मलाई फुलहरु मन पर्छ
फुलका सुगन्धहरु मन पर्छ
डाँडा पाखा अनि हिमालहरु मन पर्छ
चराहरुको चिरबिर अनि बतास सुसाएको मन पर्छ
अचेल मलाई एक्लै रमाउन् मन पर्छ

कहिले एक्लै उकाली चड्छु
अनि लेक हुँदै समतल बेसि झर्छु
मन भरी सम्झनाका यादहरु बोकेर
बनपाखा अनि खेतबारी धाउन्छु
मुटु भरी अदृश्य टृषना बोकेर
यी बसन्त रितुले धपक्क परेका
बाताबरण सगै हराउन्छु
अचेल मलाई एक्लै रमाउन् मन पर्छ

हास्नु अनि रुनु
हुनु अनि एक्लिनु
सबथोक भुलिसके
दुखहरु पनि भुलिसके
लाग्छ खुसी र परम आनन्दको
समुन्द्र मुटुमा बनेको छ
छिन छिन मै तीब्र बेगले बगेका
प्रेम रूपी सुनामीका छालहरु आउन्छन
मुटु भारी हुन्छन
अनि खुसीका आसुहरु झर्छन
अचेल मलाई एक्लै रमाउन् मन पर्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here