उपराष्ट्रपति पदको मनोनयन दर्ता आज हुँदै

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । उपराष्ट्रपति पदको निर्वाचन ३ चैतमा हुँदैछ ।
निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने छ । 
उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको हुनुपर्नेछ । साथै, ४५ वर्ष पूरा भएको हुनुपर्छ ।
उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको निर्वाचन आयोगले शुक्रबार विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । 
कानुनी व्यवस्थाअनुसार खस–आर्य तर्फका पुरुषले उपराष्ट्रपति पदको उम्मेदवार बन्न पाउने छैनन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले जुनसुकै समुदायका महिलाले भने उम्मेदवार दिन पाउनेछन् ।
उपराष्ट्रपति पदका लागि अहिलेसम्म ३ जनाको नाम चर्चामा आएको छ । जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका तर्फबाट ममता झा र नागरिक उनमुक्ति पार्टीका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीे सम्भावित उम्मेदवार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here