प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाइयो

काठमाडौँ । प्रेस सेन्टर नेपालले १९ औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ ।
देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको संगठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए ।
प्रेस सेन्टरको केन्द्रीय समितिले आइतबार बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो । 
२०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको संगठनका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई संगठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरू प्रतिबद्ध भएर लागिपर्ने बताए ।
प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने प्रण गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here