रुबीभ्याली गाउँपालिकामा कराते खेलको औपचारिक रुपमा सुरुवात

धादिङ । रुबीभ्याली गाउँपालिकाले चार माध्यामिक विद्यालयहरुमा कराते खेल प्रशिक्षणको औपचारिक रुपमा आज देखि सुरुवात गरेको छ ।
केहि समय अघि रुबीभ्याली गाउँपालिकामा कराते खेल विकासका लागि पालिका भित्रका च्याम्रा देवि, दोङदेन, मुक्राप देवि र लापा माध्यामिक विद्यालयमा चार प्रशिक्षक सन्देश घले, रोशन घले, ओमबहादुर तामाङ, सन्जिता तामाङ लाई नियुक्त गरे सँगै कराते प्रशिक्षण सुरुभएको हो ।

रुबीभ्याली ३ स्थित च्याम्रा देवि माध्यमिक विद्यालयमा भएको उक्त उद्घाटन समारोहमा गाउँ पालिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्यता एबं गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, पालिका प्रशासनिक अधिकृत नवीन कुमार गोले लगायत अन्य अतिथिहरुको आतिथ्य रहेको पालिका अध्यक्ष सचिवालय सदस्य बिपिन तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here