राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुने -प्रधानमन्त्री: एमालेको भागमा हुनु पर्ने ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । 

ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने र सत्ता साझेदार दलहरूबीच भएको सहमति पनि त्यही भएको दाबी गरे ।

बिहीबार संसदबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ओलीले राष्ट्रपति कांग्रेसलाई कुनै हालतमा नदिइने बताए ।

प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्नुभएको भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘ठिक छ राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।

ओलीले सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेस सांसदहरूले अनावश्यक सत्ता गठबन्धनको विरोध गरेको पनि बताए ।

‘कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानिछानी भोट दिन मिल्ने, सरकारलाई समर्थन गर्ने अनि अर्को पार्टीको विरोध गर्नुपर्ने ? राजनीतिक संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले संविधानमा नभएको कुरा किन संयन्त्र बनाउनुप¥यो भनेको कुरा स्मरण गर्दै पनि बोलेको सुनियो । यो त कांग्रेसले थालेको प्रचलन हो नि’, ओलीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here