सिभिल मल काठमाडौमा एक व्यक्तिले आफूमाथि पेट्रोल छर्किएर आगो लगाए

काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक जना व्यक्तिले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। उनको घाइते अवस्थामा उद्धार गरी ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बिहीबार पौने १२ बजे आसपासको समयमा सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीय विशाल लामिछानेले आफैंमाथि आगो लगाएका हुन्।
उनको उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here