“मिस तामाङ पोखरा” धादिङ रुबीभ्याली कि रोश्मा डिम्डुङ्ग तामाङले जितिन

पोखरा ।  आज भएको मिस तामाङ पोखराको ग्राण्ड फिनालेमा धादिङ रुबीभ्याली ५ लापा कि रोश्मा डिम्डुङ्ग तामाङ्गले जितेकी छिन ।

रोश्मा डिम्डुङ्ग तामाङ्ग अहिले पिसिएल नर्सिङ्गमा दोश्रो बर्षमा अध्ययनरत छिन् । फेवासिटीमा चिकित्सा विज्ञानको अध्ययन चापलाई एकैछिन भएपनि थाँती राख्दै उनी मिस तामाङ्ग पोखरा २०२३ को प्रतिस्पर्धीका रुपमा आफुलाइृ उभ्याएकी थिइन । उनले नगद रु १ लाख रुपैयाँ पुरस्कार, ताज, अनि ट्रफी प्राप्त गरेकी छिन ।

२८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीहरु प्रतिस्पर्धामा थिए ।

सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी थिए ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here