माथिल्लो त्रिशुली १ जलविद्युतले प्रभावितलाई तत्काल एम्बुलेन्सको रुपमा बोलेरो प्रयोग गर्न दिने

रसुवा, सानू बहादुर तामाङ । जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत कम्पनीको रुपमा आमाछोदिङमो गाउँपालिका वडा नं. १ हाकु र उत्तरगया गाउँपालिका वडा नं.१ मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजना (216MW) अन्तर्गत गठन भएको आदिवासी जनजाति विकास संचालन बोर्ड(IPP) को पहलमा स्थानीय प्रभावित ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवालाइ ध्यानमा राखी ठुलो हाकु, सानोहाकु, नेसिङ र हाकुबेंसिको बिरामीहरुलाइ समयमै अस्पताल सम्मको पहुँच बढाउन तत्काल आयोजनाले एम्बुलेन्स उपलब्ध नभए सम्मको लागि बोलेरो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न आयोजना निर्माणको ठेक्का कम्पनी DOOSAN र IPP बोर्ड बिच सम्झौता गरि २ महिना अगाडि देखि संचालनमा ल्याइ सेवा दिइरहेको सावरी चालक छिरिङ तमाङ्ले जानकारी दिनुभयो ! उक्त सवारी साधनलाइ IPP बोर्डको बिशेष निगरानी र हाकु स्वास्थ्य चौकीको व्यवस्थापनमा संचालन गरिरहेको IPP बोर्डका अध्यक्ष लाक्पा तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here