राप्रपा जिल्ला कार्य समिति धादिङ द्वारा निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान व्यक्त

धादिङ, पुस – २३ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित तथा समानुपातिक तर्फ पर्न सफल सांसदहरूलाई राप्रपा जिल्ला कार्य समिति धादिङले बधाई तथा सम्मान गरेको छ ।

कार्यक्रममा समानुपातिक तर्फ बाट प्रतिनिधि सभा सदस्य हुनु भएका बुद्धिमान तामाङ, बिना लामा र प्रत्यक्ष तर्फका प्रदेश सांसद डम्बर तामाङलाई जिल्ला पार्टीले बधाई तथा सम्मान गरेको हो ।

त्यस्तै जिल्ला अध्यक्ष धुर्ब खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष श्याम सिंङ ठकुरी,
राजमार्ग क्षेत्रका पुर्व मन्त्री ठाकुर प्रसाद शर्मा लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजना गरिएको कार्यक्रममा ,केन्द्रीय बरिस्ठ उप-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य बुद्धिमान तामाङ,बिना लामा ,प्रदेश सांसद डम्बर तामाङ ,राजमार्ग क्षेत्रका पुर्व मन्त्री ठाकुर प्रसाद शर्मा ,जिल्ला अध्यक्ष धुर्ब खनाल ,उपाध्यक्ष श्याम सिंङ ठकुरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

उक्त भेलालाई सम्बोधन गर्नु हुँदै राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले यो पटक नमूना जिल्लाको रुपमा बनाउने साथै अर्को चुनावमा युवाहरुलाई उम्मेदवार बनाउने तामाङले बताउनु भएको थियो ।

त्यस्तै ठाकुर शर्माले धर्मलाई सम्मान गर्न पर्ने बताउनु भयो भने । प्रतिनिधि सभा सदस्य बिना लामाले हामी अहिले नीति निर्माण गर्ने स्थानमा छौ र हामीले गर्न सक्ने सम्पुर्ण काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । भने प्रदेश सभा सदस्य डम्बर तामाङले आफू प्रदेश सभाको सदस्य भएता पनि प्रदेश सभा खारेजीको माग राख्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here