इच्छा बिना नै गर्भ रह्यो भने कसरी रोक्ने ?

काठमाडौँ । इच्छा नभएको गर्भ रहेमा धेरैले टाउको दुखइरहेको पाइन्छ । अहिले यस्तो विषयका लागि धेरै टाउको दुखाइरहनु पर्ने देखिदैन । बजारमा धेरै विकल्प हुँदा इच्छा नभएको गर्भलाई रोक्न सकिने स्वास्थ्यकर्मी बताउँछन । 
 
तर, बजारमा पाइने औषधिहरु स्वास्थ्यकर्मीको परामर्श बिना प्रयोग गर्न भने त्यति राम्रो मानिदैन । स्वास्थ्यकर्मीको सल्लाहमा निम्न उपाय मध्येका एक उपाएले पनि तपाईँको इच्छा विपरितको गर्भ रोक्ने काम गर्न सक्छ ।
 
महिलामा सामान्य चक्र  १० दिनदेखि १५ दिनभित्रमा यौन सम्पर्क हुँदा गर्भ रहने सम्भावना बढी हुन्छ । यो समयमा आकस्मिक गर्भनिरोधक चक्की एउटा यस्तो उपाय हो, जसले महिलालाई असुरक्षित यौन सम्पर्क भएको वा कण्डम फुट्नु, पिल्स खान बिर्सनु आदिको अवस्थामा केही समय वा दिनभित्र प्रयोग गरेमा गर्भ रहनबाट बचाउँछ ।

आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग आकस्मिक अवस्थामा मात्र गर्न सकिन्छ । यसअन्तर्गत प्रोस्ट्रोजेन भएको आइपिल्स र आइकोन, दैनिक खान सकिने सुनौलो गुलाफ, निलोकन ह्वाइट प्रचलनमा छन् । यी सबै हर्मोनका चक्की हुन् ।

आकस्मिक गर्भनिरोधक चक्की सकेसम्म जति छिटो खायो त्यति छिटो असर गर्छ । पहिला ७२ घण्टा अवधि थियो, जुन अहिले बढाएर १२० घण्टा पुर्‍याइएको छ । त्यसैले पाँच दिनभित्रमा सेवन गर्दा गर्भ रहने सम्भावना कम हुन्छ ।
 
जब यौन सम्बन्ध हुन्छ, तब अण्ड र शुक्रकीटको मिलन भएपछि गर्भ रहने हुन्छ । जब यौन सम्पर्कपछि निश्चित अवधिमा हामी यो चक्की खान्छौं, यसले अण्ड र शुक्रकीटलाई निषेचन हुन दिंदैन । अण्ड र शुक्रकिटको मिलन भइहालेमा पनि पाठेघरमा पुगेर गर्भ रहन दिदैन ।
 
आकस्मिक औषधिले पाठेघरको मुख नजिक रहेको म्युकोजलाई बाक्लो बनाएपछि शुक्रकीट छिर्न पाउँदैन । तर यदि बच्चा बसिसकेको अवस्थामा भने आकस्मिक गर्भनिरोधक चक्कीले काम नगर्न पनि सक्छ ।

कहिलेकाहीं प्रयोग गर्दा आकस्मिक गर्भनिरोधक चक्कीले खासै नराम्रो असर गर्दैन । केहीमा भने बान्ता हुने, पेट बाउँडिने, टाउको दुख्ने, मुड स्विङ हुने र चक्कर लाग्न सक्छ । यस्ता औषधि बढी समयसम्म प्रयोग गर्दा मोटोपन बढ्ने, महिनावारी गडबड हुने हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here